०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पुर्वमेयर साह अष्ट्रेलियामा सम्मानित

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

जनकपुरधाम।जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह अष्टेलियामा सम्मानित हुनुभएको छ ।

सिड्नीमा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले पूर्वमेयर साहलाई सर्टिफिकेट अफ अनरबाट सम्मान गरेको हो । दशैं, दीपावली र छठ पर्वको अवसर एन्टाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वमेयर साहले भिजिट नेपाल २०२० लाई सफल पार्न अष्टेलियामा बसिरहेका नेपालीहरूसँग आग्रह गर्नुभयो । उहाँले धार्मिक तथा पौराणिक नगरी जनकपुरधामको भ्रमण गर्न पनि आग्रह गर्नुभयो ।

पूर्वमेयर साहले त्रेतायुगमा भगवान राम र माता सीताको विवाहको स्मरणमा हुँदै आएको विवाहपञ्चमीको तयारी जनकपुरधाममा तीव्र गतिमा भइरहेको भन्दै यो महोत्सवमा सहभागी हुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वमेयर साहले एन्टा अष्टेलियाका अध्यक्ष प्रवीण चौरसियालाई मिथिला पेन्टिङ हस्तान्तरण गर्नुभएको थियो ।

त्यसक्रममा उहाँले पर्यटकीय क्षेत्र जनकपुरधामको प्रचार प्रसारका लागि विभिन्न किसिमका सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा एन्टा अष्ट्रेलियाकी उपाध्यक्ष संगीता साहसहित पदाधिकारीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]