०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

राकेश मैथिल , दोहाकतार । नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आफ्नो जातीय परम्परा सस्कार र सस्कृतिलाई जगेर्ना गर्दै सामाजिक सेवामा आफ्नो अभियानलाई अगाडी लैजाने उदेश्य रहेको छ ।

गत शुक्रबार सनैहिया स्थित ग्रेन्ड मलमा भएको अधिवेशन सुरेश कुमार मण्डलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समाजले ९ सदस्यीय कार्य समिति सहित ४ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ ।

समितिको अध्यक्षमा श्री जय राम मन्डलले चयन भएको छ।त्यसैगरी उपाध्यक्षमा श्री उदय कुमार मन्डल, सन्जय मन्डल ,कोषाध्यक्षमा बिदेश राम मण्डल ,सचिव सुर्य नारायण मन्डल,सह- सचिव सुनिल कुमार मन्डल र सदस्यीयहरुमा श्री बद्री मन्डल, भरत मन्डल र बाल कृष्ण मन्डल पनि रहेको छ।त्यसैगरी सल्लाहकार संयोजकमा श्री सुरेश मण्डल ,वरिष्ठ सल्लाहकारमा राम दयाल मन्डल, सल्लाहकारमा कालेस्वर मन्डल, जगत लाल मन्डल र राजाराम मण्डलले पनि रहेको छ।

नेपाल युवा संघका अध्यक्ष संजिव कुमार झा ( सुरज )को प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ।विशिस्ट अतिथिमा कालेश्वर मण्डल रहेको थियो।

त्यसैगरी हेल्फ मधेस, गैर अबासीय मधेसी संघ, सिरहा सेवा समिति , धनुषा सेवा समाज, नेपाली समाज कतार , तराई मधेस प्रबास मन्त्र कतार , मगर संघ कतार र तमाङ घेदुङ प्रबास कार्यसमिति कतारका प्रतिनिधिहरुको समेत उपस्थित रहेको नेपाली धानुक सेवा समाज कतारका सल्लाहकार जगत लाल मण्डलले जनकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]