०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नेकपा पार्टी शक्तिशाली भएको देखेर प्रतिक्रियावादी शक्तिहरु षडयन्त्र गरिरहेको : मन्त्री महासेठ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

संजय साह,जनकपुरधाम।संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा पार्टीलाई शक्तिशाली भएको देखेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिकाको सदरमुकाम तारापट्टी सिरसियामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेकपाको शतिm देखेर अतालिएकाहरु अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड बिच झगडा लगाउने काम भइरहेको बताएका छन् ।

मन्त्री महासेठले अझै पनि एमाले र नेकपा करण गरेर पार्टी विगार्ने काम भइरहेको प्रती आपती जनाएका छन् । कार्यक्रता र नेताहरुको भिडभाड देखिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अन्य नेताहरुले समेत पार्टीलाई तहसनहस पार्ने प्रतिक्रियावादीहरु संग सचेत रहन सवैलाई आग्रह गरेका थिए ।

नेकपाका धनुषा जिल्ला इनचार्ज श्रवण यादव बरबरियाले पटक पटक पार्टी बदलेर नौटङ्की गरि पार्टीको हितमा काम नगरेकाहरुलाई जनताले चिनिसकेको बताए । उनले जनयुद्व गरेर आएका समुहलाई व्यवस्थापन गर्दा गलत सोच भएकाहरुको टाउको दुखेको बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख अनिल यादवका साथै नेकपाका सांसद एवम नेताहरु रामचन्द्र मण्डल, योगनारायण यादव, राजकिशोर यादव सहितकाले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]