
खाँदबारी । सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ।
सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका वडा नं.१ का राजकुमार राईलाई पक्राउ गरिएको हो ।
राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए । उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै गरेका एक युवासँग रु ८० हजार मागेका थिए ।
सेनाको बराह दल गुल्मले हालै एक सय जनाका लागि खाँदबारीमा भर्ना प्रक्रिया अघि बढाएको थियो ।साभार: रासस