०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहामा विभिन्न मुद्दाका फरार ५ जना अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

मनोज बनैता ,लाहन।सिरहाबाट कुटपिट ,चोरी र लेनदेन गरि तिनवटै मुद्दामा संग्लन ५ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन्द्र गडेरी, वडा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा ७ का वर्ष २६ का बालकृष्ण मुखिया र वडा ५ की ६० वर्षीया लखिपत देवी साह छन् ।

पक्राउ परेकाहरुमध्ये महरा र मुखिया कुटपिट मुद्दाको फरार प्रतिवादी, गडेरी चोरी मुद्धाको फरार प्रतिवादी, बाल कृष्ण मुखिया र लखिपत देवी साह लेनदेन मुद्दाको फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

सिरहा प्रहरीले विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार विहान घरबाटै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सिरहामा पेश गरिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]