०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहाको पटहेर्वामा लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

मनोज बनैता,लाहन । सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले मंगलबार सिरहा नगरपालिका वडा नं १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको स १०प ६८९७ नम्बरको २२० पल्सर मोटरसाइकलमा सवार उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं.३ बस्ने करिब ४५ वर्षीय बिजेन्द्र तामाङ्गलाई चेकजाँच गर्दा १०० एमएलको लागुऔषध कोरेक्स ९० बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिहराले जनकारी दिए।

पक्राउ परेका बिजेन्द्र तामाङ्ग, पल्सल २२० सिसि मोटरसाइकल, रेन्वो मोवाइल एकथान, घडी एकथान सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सिरहाका सशस्त्र प्रहरी नायक उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]