०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउने : मन्त्री यादव

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ।

मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउन प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावलाई मन्त्री यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरीय अस्पताल बनाउन उद्घोष गरेका छ्न।

समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश यादवको अध्यक्षतामा राखेको शुभकामना अदानप्रदान कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरि पाँचौ सय भन्दा बढीको संख्यामा नेता तथा कार्यकर्ताहरुले समाजवादी पार्टीमा प्रवेश गरेको छ।

नवप्रवेशीलाई आर्थिक तथा योजनामन्त्री यादवले पुस्पमला र अबिरलगाएर पार्टीमा स्वागत समेत गरेको थियो।

सो अवसरमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव,प्रदेश सभा सदस्य राम आशिष यादव,प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव,जिल्ला समन्वय समितिका अध्यक्ष पशुपति यादव लगाइतले शुभ दिपावली ,छठ पर्व र कार्तिक पुर्णिामा समेतको शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]