०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजासहित दुइ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

रामु यादव,बारा । भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजा सहित दुई जनालाई सशस्त्र प्रहरी बल कोल्हवीले नियन्त्रणमा लिएको छ।।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कञ्चनपुर टोल बस्ने बर्ष ४५ को गोपाल सहनी र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–७ कोतवाली बस्ने बर्ष २४ को आजाद आलम रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए ।

बाराको रामवनबाट प्रसौना तर्फ आईरहेको बिआर ५३र६३८६ नम्बरको भारतीय बोलेरो गाडीमा ४ वटा बोरामा लुकाएर ल्याउदै गरेको गाडीलाई सशस्त्र प्रहरी बल कोल्हवीको सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा बुधबार राती साढे ८ बजे करैयामाई गाउँपालिका वडा नम्बर–७ ढोढिया पिप्राटोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सहनी र आलम सहित गाजा, गाडीलाई आवश्यक कारवाहीको लागि बिहिबार बिहान ईलाका प्रहरी कार्यालय कोल्हवीको जिम्मा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]