०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मातृभाषाको संरक्षण गर्नको लागी म सदनमा मधेसीभाषामै बोल्छु : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन।

धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु । अब अन्तराष्ट्रिय जगतले पनि बुझन् सकुन भनेर ट्रान्सलेटर राख्न आवश्यक छ ।’ धनुषा क्षेत्र नम्बर २ बाट संघीय साँसदमा निर्वाचित अरगरियले आफ्नो क्षेत्रबासीलाई शुभकामना समेत दिए । कार्यक्रममा विशिष्ट अतिथी समाजवादी पार्टी प्रदेश २ का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादव, अतिथीमा पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा कमला नगरपालिकाको अध्यक्ष मनिकलाल यादव, अब्दुल शेख, विजय पासमान, युवा नेता उमेश कुमार यादव, जनकन्दिनी गाउपालिका १ का निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र गोइत, वडा ६ का वडाध्यक्ष विक्रम यादवले पनि शुभकामना मन्तव्य राखेको थियो ।

समाजवादी पार्टीका जनकनन्दिनी गाउँपालिका धनुषाको अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]