०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सघारामा विशाल कलश यात्रा

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा लक्ष्मीपुजाको अवरमा विशाल कलश यात्रा निकालिएका छ्न।तराइ मधेशका धनुषा लगाइत विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।

कमला नगरपालिका वडा नं.४ स्थितसघारामा रहेको लक्ष्मि मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले सघाराका बिभिन्न भागको परिक्रमा गदै कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामभगत मण्डलले बताए ।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड पर्व रुपमा रहेको लक्ष्मिपुजाको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका लक्ष्मि माताको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।यो पर्वमा प्रतिमाकोरुपमालक्ष्मी ,सरस्वती ,विश्वकर्मा ,गणेश ,शंकरलगाइत पुजाआजा गर्ने परम्परा रहेको छ ।लक्ष्मी पुजा समितिका अध्यक्ष राजलाल मण्डलका अनुसार यो मेला दुइ दिनसम्म चलने छ।

उक्त मेलामा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ।यहाँका स्थानीयहरु मिलेर विगत १५ वर्षदेखि लगातार मेला लगाउने गरेको स्थानीय युवा श्रवण मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]