०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उपप्रधानमन्त्री यादव र पर्यटनमन्त्री भट्टराई बोल्ने कार्यक्रममा जनता नै आएन

Logo
प्रकाशित बिहिबार, कार्तिक १४, २०७६

जनकपुरधाम । जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको भिजिट नेपाल २०२० को औपचारिक शुभारम्भ कार्यक्रममा जनता नै नआएपछि कार्यक्रम खल्लो बनेको छ ।

बिहीबार जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित समारोहमा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अतिथि थिए । देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउंदै आएनन ।

सङ्घीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहे पनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे । मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो ।

कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए । जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए । उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए । मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो ।

सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो ।- हिमालपोष्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]