०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आलम प्रकरण : १० जनालाई जन्मकैद माग

Logo
प्रकाशित शनिबार, कार्तिक १६, २०७६

राजकुमार यादव,रौतहट । रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् ।

प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए । उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) कसुर अपराधअनुसार कारबाहीको माग भएको कटुवालले बताए ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]