०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सुनकोसीमा बस दुर्घटनामा ज्यान गुमाएको संख्या १७ पुग्यो,४६ जनालाई उद्वार

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

न्यूज मधेश,सिन्धुपाल्चोक । सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा ज्यान गुमाएको संख्या १७ पुगेका हुुुन भने ४६ जनालाई उद्धार गरिएको छ।

उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ। बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै ल्याइएको छ। खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल ल्याइएको हो । घाइतेमध्ये अन्य छजना गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा अझै खोजी तथा उद्धार जारी छ । उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आई सकेको छैन । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसीमा खसेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]