०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

रास्ट्रपति भण्डारीले गराए नव नियुक्त सातै प्रदेश प्रमुखलाई सपथ ग्रहण

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।

७ प्रदेशका लागि पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं (प्रदेश ३) सोमनाथ अधिकारी प्यासी (प्रदेश १) धर्मनाथ यादव (प्रदेश ५) गोविन्द कलौनी (कर्णाली प्रदेश) पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, (गण्डकी प्रदेश) तिलक परियार (प्रदेश २) र शर्मिला पन्त त्रिपाठी (सुदूरपश्चिम प्रदेश) पूर्व माओवादीका हुन्।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]