०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

श्री चित्रगुप्त अतिथि सदन नव निर्मित भवन उद्घाटन समारोह सम्पन्न

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

नितेश कुमार कर्ण, पर्सा । वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक समारोह बिच बुधबार उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो। समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक भवनको निर्माणको साथै सामुदायिक हित, शिक्षा र समाजिक कुरुतीको बिरुद्ध समाजमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सबा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिए।

प्राध्यापक डा.कुलानन्द, श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट संसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]