०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बुबाको हत्या गरेको आरोपमा छोरा पूर्पक्षका लागी जेल चलान

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,राजविराज । सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नं.१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि जेल चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

नइममाथि उनका बुबा ६२ वर्षीय मो । गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो । इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए ।

मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । छिमेकी फुल मोहम्मदका अनुसार दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुबासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए ।

कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । आरोपित नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुबा अचानक लडेर मृत्यु भएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]