०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सहिदनगरमा बृद्धभत्ता नदिएको भन्दै,मेयर बरबरिया विरुद्ध चर्को नाराबाजी

Logo
प्रकाशित शुक्रबार, मंसिर ०६, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको शहीदनगर नगरपालिकाले लामो समयदेखि बृद्धभत्ता नदिएको भन्दै स्थानीय बृद्ध-बृद्धाहरू आन्दोलित बनेका छन् । शुक्रबार सयौंको संख्यामा बृद्ध-बृद्धा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

विगत ८ महिनादेखि भत्ता नदिएको बृद्धबृद्धाले गुनासो गरे। उनीहरूले नगरप्रमुख उदय बरबरियाविरुद्ध नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे । नगरपालिका पटक पटक धाउँदा पनि नगरप्रमुख बरबरियाले वास्ता नगर्ने गरेको जनार्द मरिकले बताए । उनले नगरप्रमुखले बृद्ध भत्तामा भ्रष्टाचार गरेको आरोप समेत लगाएको स्थानीय युवक सर्वजित यादबले बताए ।

नगरपालिकाका ९ वटैबाट बृद्धबृद्धा नगरपालिका पुगेका थिए । बृद्धभत्ताका लागि विरोध हुने थाहा पाएपछि नगरप्रमुख बरबरिया कार्यालयबाट पहिल्यै निस्किसकेका थिए । उनीहरू घण्टौसम्म कार्यालय अगाडि नारा जुलुस लगाएर घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]