०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीमा निशुल्क क्यान्सर शिबिर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ ।

सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो ।

पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा करिब ५५० जनाकाे स्वास्थय परिक्षण गरिएको जनाएको छ ।

सुरुङ्गा नगरपालिका मधुपट्टी तथा नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरकाे टाेलीको सहयोगमा निशुल्क स्वास्थय शिविर कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको तेजुलाल चौधरी को सचिवालयले जनाएको छ ।

“नेपाली क्यन्सरको उपचार नेपाल मै” मुल नाराका साथ सप्तरी स्थित स्थानीय महिलाहरुको स्तन तथा पठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थय परिक्षण गरेको छ ।

सहयोगी संस्थाको रूपमा सेवा नेपाल केन्द्रिय कार्यालय तथा थारु महिला समाज केन्द्रिय कार्यालय काठमाडौंको रहेकोे थियो ।

उक्त शिविर सप्तरीको सुरुङ्गा नगरपालिका ६ कडरबोना स्थित कडरबोना स्वास्थय चौकीमा शनिबार एक दिने परिक्षण भएको थियोे ।त्यसैगरी सांसद तेजु लाल चौधरी,सुरुङ्गा नगरपालिकाको प्रमुख मुक्ति नाथ चौधरी लगायत स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयहरुको उपस्थितमा उक्त शिविर सम्पन्न भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]