०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाजवादी पार्टीले निर्वाचन अचारसंहितालाई उलंघन गर्दै ,प्रचारप्रसारमा बालबालिका

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

न्यूज मधेश,महोत्तरी। निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि प्रदेश २ महोत्तरी जिल्लाको पिपरा गाउपालिकाको अध्यक्ष पदको लागी हुने उप निर्वाचनमा प्रमुख राजनीतिक पार्टीहरूबाटै यसको उल्लंघन भएको देखिएको छ।

स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारमा नेपाली कांग्रेस,समाजबावी पार्टी ,राजपा नेपाल , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र नेताहरूले नै बालबालिका प्रयोग गरेको पाइएको हो। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचमा बालबालिका प्रयोग नगर्न र आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलहरूलाई चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै दलहरूले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिरहेका हुन्।

बालबालिकालाई प्रचारप्रसारमा हिँडाउनुका साथै ‘फलानो पार्टीलाई भोट हाली जिताऔं’,‘फलानो पार्टी जिन्दावाद’ को नारामा समेत प्रयोग गरेको पाइएको हो। बालबालिकाका लागि पार्टीका नारा लेखिएका टिसर्टसमेत बितरण गरिएको छ।

महोत्तरीको पिपरा गाउपालिका वडा नं.१ मा १३ वर्षभन्दा कम उमेरका बालबालिका मंगलबार समाजवादी पार्टी,राजपा नेपाल,कांग्रेस र नेकपा चुनाव प्रचारमा सहभागी भएको देखिएको छ।
राजनीतिक दलका विभिन्न भ्रातृ संगठनका प्रतिनिधि स्वयम्ले बालबालिकालाई टिसर्ट दिनुका साथै प्रचारमा सहभागी गराएको पिपरा गाउपाकिका स्थानिय युवा रामनारायण साहले बताए।

उनले भने पिपरा गाउपालिकाको अध्यक्षको मृत्यु भए पछि यो गाउपालिकामा उपनिर्वाचन भइरहेको हुनाले गाउपालिकाको अध्यक्ष पदका लागि स्थानीय उपनिर्वाचनका लागि नेकपाबाट विक्रम चौधरी ,कांग्रेसबाट विजय यादव, सामाजवादी पार्टी बाट रामजानकी यादव,राजपाबाट रमिता चौधरी अध्यक्ष उमेदवार छन्। निर्वाचनका समयमा बालबालिका प्रयोग नगर्ने भन्दै दलहरूले प्रतिबद्धता जनाए पनि आचारसंहिताको बेवास्ता गरी प्रतिबद्धतालाई भुल्दै उनीहरूले आफ्ना चुनाव प्रचारमा बालबालिका प्रयोग गरेका हुन्।

चुनावमा बालबालिका प्रयोग भएको देखेका स्थानीय बुद्धिजीवीले बालअधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थासमेत पार्टीका लागि भोट माग्ने कार्यमा तल्लीन रहेको आरोप लगाउँदै त्यस्ता निकायले यसतर्फ चनाखो भएर अनुगमन नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]