०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

विवाहपञ्चमीको चौथो दिन आज भगवान रामको तिल्कोत्सव

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।

दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ । राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

यसपटक अर्थात आज भने जानकी मन्दिरबाट नभई एतिहासिक बाह्रविघा रंगभूमि मैदानबाट भार लिएर जानकी मन्दिरको परिक्रमा गर्दै राममन्दिर पुगेर तिल्कोत्सव गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

यस अघि बिहीबार बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ मनाइएको छ । धनुष यज्ञामा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरी, भारत अयोध्याबाट आएका जन्ती तथा हजारौ दर्शनार्थी सहभागि भएका थिए ।

त्रेता युगमा राजा जनकले छोरी सीताको योग्य बर छनोटको लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् । धनुष यज्ञ अव्लोकन गर्न हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए ।

मंसिर १५ गते आईतबार हुने आदर्शनारी सीता र भगवान रामको विवाहको विधि गएको मंसिर १० गतेबाटै चलिरहेको छ । मंगलबार नगर दर्शन, बुधबार फुलबारी लिला र बिहीबार साँझ बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ सम्पन्न भइसकेको छ । यस्तै अजा तिल्कोत्सव पश्चात भोली शनिबार सीता र रामको मटकोर र आईतबार विवाहको कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]