०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरमा:२८ औं अन्तर्राष्ट्रिय अपाङ दिवस

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

संतोष यादव,जनकपुरधाम।२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मंगलबार जनकपुरधामा प्रभात फेरी मनाएको हो।

फोटो:सिबेन्द्र रोहिता

धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्।

फोटो:सिबेन्द्र रोहिता

जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले हेर्ने गरेको बताए। उनले बजारमा घरभाडासमेत घरभेटीहरूले नदिने गरेको दुःखेसो पोखेका छन्।

अपाङ समाज जनकपुरको अध्यक्षसमेत रहेका उनले अपांगता भएकाहरूले सम्मानजक बाँच्ने अधिकार अझै पाउन नसेको पनि बताए। उनले सरकारको रबैया ठीक नै नभएको बताए। उनले सरकारको सोच अपाङमैत्री हुनुपर्ने बताए।

उनले भने, ‘घरपरिवार चलाउन मुस्किल परेको छ। हामी जस्ता अपाङहरूलाई राज्यले कम्तिमा रोजगार दिनुपर्छ। राज्यको हरेक निकायमा विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ।’

विज्ञापन

उनले अपाङहरूलाई दिने गरेको भत्ता वृद्धि गर्न सरकारसँग मागसमेत गरे। अपाङहरूलाई विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने नीति बनाएपछि मात्र समाजले हेर्ने दृष्टि परिवर्तन हुने उनको बुझाइ छ।

जनकपुरधाम उपमहानगरपालिका १२ कुवाकी फरक क्षमताकी महिला राजकुमारी खत्बेले पनि सरकारमाथि आक्रोसित पोखिन्। उनले मात्र ६ सय रुपैयाँ भत्ता दिने गरेको भन्दै भत्ता बढाउनुपर्ने माग गरिन्। उनले भनिन्, ‘समाजको सोच अझै परिवर्तन हुन सकेका छैन। खुट्टाका कारण केही गर्न पाइदिनँ। अनी सबैले अपमान गर्छन्।’

शत्रुधन, जगदिस र राजकुमारीजस्तै पीडा अन्य फरक क्षमताका मानिसहरू रहेको छ। नेताले चुनावका बेला ठूलोठूलो सपना देखाए पनि सत्तामा पुगेपछि बिर्सिने गरेकोसमेत उनीहरूको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]