सोलिन्द्र चौधरी
काठमाडौँ, १९ मंसिर।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर चिसो ह्वात्तै बढेको हो ।
काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा चिसो बढेको मौसमविदले जानकारी दिएको छ ।
महाशाखाले दिएको जानकारी अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।
देशभरको अधिकांश क्षेत्रमा मौसम सफा रहे पनि केही क्षेत्रमा आंशिक बदली हुने बताइएको छ ।