०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लागुऔषधबाट मुक्त भएपछि जिवनमा खुसियाली

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

न्यूज मधेश समाचारदाता
सिमरा,१९ मंसिर ।लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् ।

नयाँ गोरेटो पुर्नस्थापना केन्द्रकै कारण मृत्युको मुखबाट जोगिन सफल भएको खानले बताए ।

आफुलाई नयाँ जिवन दिने संस्थामा १० बर्षपछी पनि खुसियाली बाँड्ने अवसर मिलेको भन्दै उनले सबैलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, सक्षम नेपाल काठमाण्डौका संचालक तेज सम्शेर राणा, नीता फाउन्डेशन ब्लक बी. का आयुष भुजेल, बिधार्थी जागरण मञ्चका मिथलेश महत्तो, ध्रुव क्षेत्री लगायत केन्द्रमा हाल उपचाररत लागुऔषध सेवनकर्ताहरु सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]