०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विगत ४ महिना देखी अबरुद्ध रहेको सडक ,युवाहरुको पहलमा सुचारु

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

न्यूजमधेश समाचारदाता
सिक्रोन,२० मंसिर।सिरहा जिल्लाको मिर्चैया नगरपालिका १२ स्थित सिक्रोनबाट पिरारी जाने अबरुद्ध रहेको बाटो स्थानीय युवाहरुको पहलमा मंगलबारदेखी सुचारु भएको छ।

स्थानीय सरकारलगायत कुनै पनि निकायले चासो नदेखाएपछि युवाहरुको आर्थिक सहयोगमा सडक मर्मत गरेको स्थानीय युवा अरुन सहनीले जानकारी दिएको छ।

सहनीले भने सिक्रोनबाट पिरारी जाने बाटो विगत ४ महिना भन्दा बढी दिन देखी अबरुद्ध रहेको थियो।उक्त सडक मर्मत गराउनको लागि स्थानीय जनप्रतिनिधिलाई पटकपटक भनेपनि कुनै वास्ता नगरेपछि स्थानीय युवाहरु आ-आफ्नो स्तरबाट आर्थिक सहयोग गरेर सडक मर्मत गराएको छ।

स्थानीयवासीको व्यापारिक केन्द्र महेन्द्रराज मार्ग जोड्ने सबैभन्दा छोटो रुटमा पर्ने उक्त सडकखण्डमा मोटरसाइकलसमेत सञ्चालन नहुनेगरी बिग्रिएपछि मर्मत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]