०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

संतोष रन्जितकार
वीरगंज, २२ मंसिर ।आरके क्रिएटिभ इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा शनिबार जुनियर सिंगिग आइडलको अडिसन सम्पन्न भएको छ ।

वीरगंजको जिवनज्योति स्कुलको सभाहलमा सम्पन्न अडिशनमा ३० जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्को चरणको लागि ८ जना छनौट भएको आयोजकका अमित सर्राफले जानकारी दिनुभयो ।

वीरगंज तथा यस आसपासमा लुकेर रहेका स्थानिय कला प्रतिभालाई जगेर्ना गर्ने तथा संगित प्रति रुचि भएकाहरुलाई अवसर प्रदान गर्ने अभिप्रायले यसअघिका ३ वटा सिजनको सफलता सँगै सिजन फोरको आयोजना गरिएको कम्पनिका कार्यकारी निर्देशक रायन कायस्थले बताउनुभयो ।

त्यसैगरी यही मंसिर २८ गते अर्को अडिशन हुने आयोजकका राजन गुप्ताले बताउनुभयो । आज र अर्को साता हुने अडिशनमा छनौट भएकाहरुलाई गायनकला तथा प्राविधिक कुराहरुको प्रशिक्षण दिने आयोजकले जनाएको छ । अडिशनमा गायक मन्दिप खड्का, निखिल गुप्ता, गौरव वर्मा, सुर्य नारायण बिक र राजन कुमार ठाकुरले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]