०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहामा डिएसपी रिजालको सरुवा ? अवैद्य कारोबारी हाँसोत्सव मनाउँदै

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

मुकेश यादव
लहान, २३ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् ।

डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । हालै हुन्डी कारोबारी पनि पक्राउ परेका छन् । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउँने मालसमान रोकिएपछि तस्करहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ ।

सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टीलगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउँन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरुको कुरामा सहमत नभई झन कडा गरेका थिए ।

सिमाक्षेत्रको कारोबार तथा अवैद्य मालसमान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य सँघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्यसँघ लहानमा पटक पटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली काँग्रेसका साँसद, सिमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सिमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए ।

छलफलपछि एक टोली सत्तापक्षका नेताहरुलाई रिझाएर संघीय सरकारलाई यिनीहरुलाई सरुवा गर्न गराउँन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चलेपनि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ ।

उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘सरुवावारे मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ’ बताए । यता, अवैद्य कारोबार गर्ने रमेश साह, सन्तोष पुर्वे, आनन्दलगायत लहानका मरिच, मटर र फेयरलवली कारोबारीको छलफलमा हाँसोत्सव मनाउँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]