०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मेयर कल्याणकारी कोषद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

संतोष रन्जितकार
वीरगंज, २३ मंसिर ।मेयर कल्याणकारी कोषद्धारा आइतबार छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र माट्रिका आइ फाउण्डेशनको सहयोगमा वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा रहेको पंडित रामदेनी तिवारी स्कुल परिसरमा सो शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरको वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन गर्नु भएका थिए । शिविरमा २०२ जनाले आफ्नो आँखाको चेकजाँच गराएका थिए भने ५१ जनामा मोतियाबिन्दु समेत फेला परेको थियो ।

नगरप्रमुख सरावगीले मोतीयाबिन्दु फेला परेकाहरुको माट्रिका आई फाउण्डेशनमा मंसिर २७ गते देखि पुष ३ गते सम्म निःशुल्क शल्यक्रिया गरिने बताएका थिए । वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको शिविरमा माट्रिका आई फाउण्डेशनका डा. महेश सिंह धामीले आँखाको परिक्षण गरेका थिए ।

शिबिरमा राजनितिक सल्लाहकार मुकेश द्विवेदी, दिनेश साह, वडा न ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार, पंडित रामदेनी तिवारी स्कुलका प्रशिक्षक लगायत वडाका सदस्य तथा विभिन्न दलका स्थानिय नेता कार्यकर्तार स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]