०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

फिनल्यान्डमा ३४ वर्षीय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

न्यूजमधेश समाचारदाता
फिन्ल्यान्ड , २३ मंसिर।फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछु, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु।

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्। फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ। त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन्।
साभार:एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]