०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सिरहामा सडक दुर्घटनाबाट दुई जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

राजेन्द्र महतो
लहान, २३ मंसिर।सिरहाको गोलबजार नगरपालिका वडा नं.४मुख्य चोक स्थित सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकोको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका -४मुख्य चोक मा भएको एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा -१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको छ भने मण्डलको उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]