१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार एक प्रतिवादी पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

राजेन्द्र महतो
लहान,२३ मंसिर।सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवलाई आइतबार११ बजेको समयमा आफ्नै घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका यादव लाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]