०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वीरगन्ज महानगरपालिकाका सबै वडाहरुमा योग शिविर चलाउने उदघोष गर्दै : नगर प्रमुख सरावगी

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
वीरगन्ज, २४ मंसिर। पर्सा जिल्ला वीरगन्जको बिर्तामा महानगर स्तरिय योग विद्यालयको उदघाटन भएको छ ।एक कार्यक्रम बिच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उक्त विद्यालयको उदघाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गर्नुभयो । योग गुरु स्वामि रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योगदिवस मनाइ रहेको बताउदै नगर सरावगीले महानगरबासिलाई निरोग बनाउन सबै वडाहरुमा योग शिविर चलाउन अनुरोध गर्नुभयो ।

उहाले महानगरपालिकाको सहयोग र पंतजली योग समिति पर्साको सहकार्यमा स्थापना भएको यो बिद्यालयलाई अझ व्यवस्थित गर्न आफुबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नगर प्रमुख सरावगीले सम्पुर्ण महानगरवासिमा योगको बारे जनचेतना जगाउदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताउनु भयो ।पंचजलि योग समिति पर्साका जिल्ला अध्यक्ष नसिब लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरापलिका शिक्षा माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण ,उधोगपति अशोक टेमानी,योगगुरु भिम प्रसाद शर्राफ, र पतजलि योग समिति प्रदेश नम्बर २का महासचिव किशोरी प्रसाद कलवार लगायतका व्यक्तिहरुले योग विद्यालय स्थापनामा महानगपालिकाबाट भएको सहयोगको लागी धन्यवाद व्यक्त गर्दै पंतजलि योग समिती पर्साको सहकार्यमा महानगरपालिकाको सबै वडाहरुमा क्रमश योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]