०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
सिरहा,२४ मंसिर। सिरहा जिल्लाको औरही गाउपालिकामा विकास सम्बन्धि निर्वाचित जन प्रतिनिधिहरुको विचार गोष्ठी सम्पन्न भएको छ।

औरही गाउपालिकामा विकास प्रकृयालाई लिएर जनप्रतिनिधीहरू विच रहेको बिवादलाई जनचेतना युवा सुचना केन्द्रको पहलमा सहजीकरण गरीएको हो।

स्थानिय निर्वाचन यता विकासको काममा विभिन्न विवाद गर्दै स्थानिय सरकारका साझेदार नेकपा, समाजवादी र नेपाली कांग्रेस बिच तालमेल नमिलदा जनता वकदिक भैसके पछि स्थानिय वुद्धीजीवि युवाहरूको संस्था युवा सुचना केन्द्रको पहलमा विभिन्न राजनीतिक कर्मिहरु संग संवाद मार्फत निकास गरेको छ ।

सुचना केन्द्रको अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा आज निर्वाचित सर्वपक्षय जनप्रतिनिधिहरुको विचार गोष्ठी गरी वडा स्तरीय संवाद तथा छलफल गरी पुष मसांत भित्र विकास प्रकृयालाई झुत्रगतीमा अगाडी बढाउने सर्वपक्षय सहमति भयो ।

जन प्रतिनिधि विच बोलिचालि समेत बन्द रहेको अवस्थामा केन्द्रको पहलमा एक टेवलमा आएर छलफलमा गाउपालिका अध्यक्ष लगायत वडा अध्यक्ष र सदस्यहरू खुसि भएको हो।

राजनीतिक संवादका वातावरण मिलदै गाउपालिकाले लगतै औपचारिक बैठक गरी अगाडी बढने केन्द्रका सचिव लक्ष्मी प्रसाद यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]