०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रेष्टिज मेट्रस इण्डस्ट्रीजका मजदुहरु आन्दोलनमा

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समचारदाता
बारा,२५ मंसिर।बारामा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लाको परवानीपुर गाउँपालिका वडा नं– ५ गण्डक बहुअरीमा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजमा कार्यरत रहेका मजदुरहरु विगत ११ दिन देखी इण्डस्ट्रीजको मूल गेटमा धर्ना दिएर प्रदर्शन सुरु गरेका हुन् ।

आन्दोलन अखिल नेपाल उद्योग मजदुर संघ प्रेष्टिज मेट्रस इकाई कमिटीका अध्यक्ष अरुण कुमार पटेलको नेतृत्वमा इण्डस्ट्रीजको मूल गेटमा धर्ना दिएर प्रदर्शन सुरु गरेका छन् । विगत १० वर्ष देखि इण्डस्ट्रीजमा कार्यरत रहेका मजदुरहरु लाई इण्डस्ट्रीज व्यवस्थापनले नेपाल सरकारको नियम अनुसार सेवा सुविधा उपलब्ध नगराएको भन्दै इण्डस्ट्रीजका मजदुहरु आन्दोलनमा उत्रिएका संघका अध्यक्ष पटेलले बताए ।

आन्दोलनरत मजदुरहरु मा कृष्ण कुमार, रामसेवक कुर्मी, प्रमेन्द्र पटेल, श्रवण यादव, रामपुजन राम, निरंजन पटेल, प्रहलाद साह, मुकेश पटेल, महेश गुप्ता, इगरासन यादव, रामेश्वर मण्डल, श्यामसुन्दर साह, पुरन पशवान विनया साह लगायतका मजदुरहरु रहेका छन् ।

मजदुर आन्दोलनमा समर्थन जनाउन आज ११ औं दिन अखिल नेपाल उद्योग महासंघ को प्रदेश नं.– २ का अध्यक्ष अर्जुन चिमरिया र जिल्ला अध्यक्ष ढालबहादुर थापा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]