०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कमला नदिमा पुल नहुदा सर्वसाधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् ।

कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया लिन्छ । मोटरसाइकल पार गर्न १ सय रुपैया लिने गरिएको छ ।

सिरहाबाट जनकपुरतर्फ आउन लागेका विजय यादबले पार गर्न पनि समस्या र रकम पनि तिर्नुपरेको बताए । उनले डुङ्गामा क्षमताभन्दा बढी लोड गर्दा डुब्ने डर लाग्ने गरेको सुनाए । सिरहा सदरमुकामबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जान सर्वसधारण यही बाटो प्रयोग गर्छ । यो बाटो भएर सिरहाबाट जनकपुर पुग्न मात्र १ देखि डेढ घण्टा लाग्छ । त्यसैले सिरहा सदरमुकामबासी जनकपुर जानुपरे यही बाटो प्रयोग गर्छन् । धनुषातर्फका सर्वसधारण त नुन, तेल खरिद गर्न पनि सिरहा सदरमुकाम नै पुग्ने गरेका छन् ।

उनीहरु सालाना (वर्ष दिनमा एकैपटक) डुङ्गा चढेको रकम तिर्ने गर्छन् । धनुषाको कमला क्षेत्रका हजारौं मानिस सिरहा बजारमा निर्भर छन् । उनीहरु विरामी पर्दा पनि जनकपुर नगई सिरहा बजार पुग्छन् । किनकी सिरहा नजिकमा पर्छ । कमला नदीमा पुल नहुँदा यस भेगका जनता अत्यन्त मारमा परेका छन् । डुङ्गा नचलेको दिन वा रातिको समयमा कोही विरामी पर्दा ज्यानै गुमाउनुपर्ने अवस्था सृजना हुने गरेको यात्रु सरोज गोइतले गुनासो पोखे ।धनुषाका सयौं परिवार दुध बेच्न पनि यही बाटो भएर सिरहा सदरमुकाम पुग्छन् ।

उनीहरुले वर्षमा एकै पटक घटबार (डुङ्गा चलाउने)लाई तिर्ने गरेको बताउँछन् । घटबार बिन्देश्वर माझीले दुध बेच्न बजार जानेहरु बर्षेनी २० किलो धान दिने गरेको बताए । उनले कहिले कसैसँग रुपैया नहुनेलाई त्यतिकै पार गरिदिने गरेको सुनाए ।
उनले भने, ‘समस्या छ । सरकारले पुल बनाइदिनुपर्यो यहाँ पनि ।’अतिव्यस्त यो बाटो भएपनि कमला नदीमा पुल बनाउन अहिलेसम्म न सिरहा तर्फका न धनुषा तर्फका नेताहरुले पहल गरेका छैन । हुलाकी सडक अन्तर्गत कमला नदीमै पुल निर्माणाधित रहेपनि कहिले निर्माण पुरा हुने हो ठेगान छैन । ठेकेदारको लापरबाहीले विगत ७ वर्षमा आधा प्रगति समेत भएको देखिदैन । त्यहाँ पनि डुङ्गामा सर्वसधारण जोखिम यात्रा गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]