०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

लागुऔषध चरेस  एक मोटरसाइकल बरामद

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ ।

जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुंवरका अनुसार, सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर बिआर २२ जेड ३१२९ भारतीय नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए ।
प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको चेकजाँच गर्दा सिट मुनि चरेश लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]