०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

धनुषा बम विष्फोटमा संग्लन विप्लवका दुई महिलासहित तीन जना नेता पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

न्यूजमधेश समचारदाता
जकपुरधाम,२८ मंसिर।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी प्रदेश २ का आस्था राजधानी धनुषामा गराइएको बम विष्फोटका दोषीलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएको केहि घण्टामै धनुषा प्रहरीले सो घटनाको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

एक प्रहरी निरीक्षक र एकै घरका बाबु छोराको ज्यान जाने गरी गराइएको बम बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले प्रतिबन्धित विप्लव समूहका दुई महिलासहित तीन स्थानीय नेतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश–२ संयोजक ५१ वर्षीया सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा छन् । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको जनाइएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दूरीमा पर्ने राजेश साहको नव निर्मित घरमा गए राति बम विष्फोट हुँदा साहसहित प्रहरी निरीक्षक अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु ज्यान गएको थियो । यस्तै अन्य चार जना घाइते छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]