०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेर घर पुगेपछि…

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

न्यूजमधेश समाचारदाता
कञ्चनपुर,२९ मंसिर।१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगीता धामीलाई भीमदत्तनगरमा आइतबार भव्य स्वागत गरिएको छ।

भीमदत्त नगरपालिका ३ की १९ वर्षीया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन्। नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बंगलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन् ।

भीमदत्त नगरपालिका कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा भीमदत्तनगर बजारमा विजय र्‍याली निकालेको थियो। बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५२५ नगद समेत प्रदान गरेका छन् । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष जप्रेलसहित वडा नं ७ का अध्यक्ष शंंकर कुँबर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्‍यालीमा सहभागी भएका थिए । वडा अध्यक्ष जप्रेलसहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]