०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

कपिलवस्तुमा शीतलहर,जनजीवन कष्टकर

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

धीरज काेरी
कपिलवस्तु,२ पुस।तराई मधेशका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।

मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ ।

जाडोका कारण बिहान स्कूल एवं क्याम्पस पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत बिहान देखी काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसो बढेपछि सर्वसाधारण व्यक्तिहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
कपिलवस्तु जिल्ला भित्र ताैलिहवा,महाराजगन्ज ,पकडी,बहादुरगन्ज,कृष्णनगर,चनराैटा,४ नम्बर , गाेरुसिङ्गे अन्य ठाउँमा पनि बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]