न्यूजमधेश समाचारदाता
काठमाडौं ,२ पुस। हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निर्धन भएको छ ।
दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो ।
उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए ।
थापाको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।