०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

शिवराजमा कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,३ पुस। जिल्लाको शिवराज नगरपालिकामा सोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी तालीम संम्पन्न भएको छ। शिवराज नगरपालिकाको कार्यलय कृषि बिकास शाखाको स्विकृत कार्यक्रम २०७६/०७७ अनुसार शोनवार्षिका कृषकहरुलाई तरकारी उत्पादन प्रवर्धनको लागि तरकारी उत्पादन तालीम आज सम्पन्न भएको हो।

कृषि बिकास शाखाको आयोजनामा शिवराज नगरपालिकाको वार्ड नं . ३ शोनवार्षिमा तालीम सम्पन्न भएको हो। वार्ड नं ३ का महिला सदस्य सुनिता कलवारको अध्यक्षतामा र कृषि बिकास शाखा का प्रमुख तारा चन्द चौधरीको प्रमुख आतिथ्यमा तालीम सुरु भएको थियो।तालीमलाई कार्यक्रमको प्रमुख अतिथि तथा शिवराजका कृषि बिकास शाखाका प्रमुख तारा चन्द चौधरीले बनेर पढेर तालीमको उद्धघाटन गरेका थिए।

तालीमको परिचय र उद्देश्य बारे कृषि विकासका शिवकुमार चौधरीले प्रशिक्षण गर्नु भएको थियो भने तरकारी बाली लगाउने समय ,हवापनी, मलखद, लगाउने दूरी ,जात र बिऊ उपचार बारे कृषि बिकास शाखाका प्रबिधिक परसुराम जैसवलले प्रशिक्षण गर्नु भएको थियो। कृषि विकास शाखाका शान्तिमाया अधिकारीले नर्सरीको परिचय, प्रकार, ब्याड बनाउने तरीका, ब्याड उपचार बिधि, प्लाष्टिक ट्रे बारे प्रशिक्षण गरेका थिंन।

प्रशिक्षणको क्रममा किसानबाट आएको तरकारी उत्पादनका समस्याहरू र तरकारी बालीमा देखा पर्ने रोगकिराहरूको नियंत्रण गर्न उपाय बारे कृषि विकास शाखाका प्रबिधिक किरण चौधरीले प्रशिक्षण गर्नु भएको थियो। तालीमलाई कृषि विकास शाखाका प्रबिधिक परसुराम जैसवाल गर्नु भएको थियो। तालिमलाई आफ्नो मंतबबाट शिवराज वार्ड नं ३ का महिला वार्ड सदस्य सुनीता कलवारले तालीम समापनको घोषणा गरेका थिन।

तालीममा किसान ,बुद्धजीवि, जनप्रतिनिधि लगायत करीब ५० जाना को उपस्तिथि राहेको थियो भने कुरा कृषि विकास शाखा चित्रा पोख्रेलले जानकारी गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]