०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

समाजिक परिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

राम प्रघट कोरी
विजयनगर,३ पुस।इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि नगरपालिकामा संस्थाले ल्याएको परिवर्तन अनुगमनको क्रममा प्रत्येक्ष रूपमा देखेको कार्यलाई खुलेर प्रसंशा गर्नु भयो।

संस्था द्वारा संचालित तीन ओटे कार्यक्रम आइ एम स्वडिस् , एल आइ टि र सि एस म्याप बुद्धभुमी र विजयनगर गाउँपालीकामा सञ्चालीत कार्यक्रमको लक्षित समुह अन्र्तगत छलफलमा उठेका समस्या,सुझाव र सवल पक्षको क्रिर्याकलाप आगामी कार्यक्रममा समेटेर लैजाने संस्थाका अध्यक्ष विष्णु पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले संस्थाको लक्ष्य, मुल्य मान्यता, मुख्य विषयगत कार्य क्षेत्र ,संरचना लाभान्वीत समुहहरुको बारेमा प्रष्ट पार्दै संस्थाले नयाँ कार्यक्रम सम्झौता गरिसकेकोले छिट्टै कपिलवस्तुको चारवटा पालीकामा संञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सेवा निकायका प्रमुख,दातृ निकायका प्रमुख, सेवा ग्राहि र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रमलाई गैर सरकारि संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र मनोज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]