०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सर्वोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भए रुद्रसेन विश्वकर्मा

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौं,५ पुष ।पछिल्लो समय चर्चामा रहन सफल सुमधुर आवाजका धनि गायक रुद्रसेन विश्वकर्माले ‘नेपाल संगीत उधोग संघले राजधानीमा आयोजना गरेको “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा चर्चित मैथिली गित “कानोमे आँहाके झुम्का” मार्फत सर्बोत्कृष्ट मैथिली गीत गायकको अवार्ड जित्न सफल भएका छन् ।

भोजपुरी, मैथिली तथा नेपाली गीति विधामा गायकको रुपमा छुट्टै पहिचान बनाउन सफल गायक रुद्रसेन विश्वकर्माले दर्जनौ गीतहरुमा सुमधुर स्वर भरेर चर्चा बटुलेका छन् । उनले यस अवार्डमा मैथिली गीतको विधा मार्फत सर्वोत्कृष्ट मैथिली गीत गायकको अवार्ड पाउन सफल भएका छन् ।

गायक रुद्रसेनको शब्द र सङ्गित रहेको विशाल निरौलाले एरेन्ज गरेका उक्त मैथली कल्चरल गीतमा गायक रुद्रसेनको स्वरका साथमा चर्चित गायिका ज्योति मगरको पहिलो पटक मैथिली गीतमा स्वर गुञ्जीएको छ

अहिलेका ब्यस्त निर्देशन प्रदिप कुमार रसाईलीले निर्देशन गरेका उक्त गीतमा गायक रुद्रसेन विश्वकर्माको साथमा मोडेल तथा नायिका रिचा थापा को बेजोड़ नृत्य,अभिनय रहेको गीतलाई निर्माण भने निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी हुन

मंसिर ३० गते सोमवार, राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड- २०१९” मा उनि सर्वोत्कृष्ट मैथिली गीत गायकको रुपमा अन्य उत्कृष्ट पाँचका प्रतिश्प्रधिलाइ उछिन्दै उक्त अवार्ड जित्न सफल भएका थिए ।

भर्खरै मात्र सम्पन्न अर्को अवार्ड ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६’ समेत उनले सर्वोत्कृष्ट कल्चरल गायकको रुपमा अवार्ड जित्न सफल भएका थिए । विभिन्न मेला महोत्सब, स्टेज कार्यक्रममा समेत ब्यस्त रहदै आएका चर्चित गायक रुद्रसेन बिश्वकर्मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला “कार्य समिति धनुषा” का अध्यक्ष समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]