०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

कपिलवस्तुको सुद्धोधनमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

धीरज काेरी
कपिलवस्तु,५ पुस।कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिका वडा नं.६ गौराममा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् ।

पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन्।
संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्।

पुस ४ गते देखि ५ गतेसम्म सञ्चालन भएको तालिममा हाम्रो जिल्लाको अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गरे थिए । उक्त तालिमका प्रशिक्षकमा किरणमान बज्राचार्य ,मनोज श्रीवास्तव र राघबेन्द्र चौबेले प्रशिक्षण दिनु भएको थियो ।

सो कार्यक्रमा मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबे,डायानमिक सामजिक बिकास संस्था का अध्यक्ष मोहम्मद इरफान मन्सुरी,वडाध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यता, संस्थाको सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो ।
२ दिने पत्रकारिता तालिममा वडा भित्रका २८ जना युवा, युवातीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]