०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

विद्यार्थी जनमत संघ सप्तरीको अध्यक्षमा साह

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

कमल मण्डल
राजविराज, ७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।

दास धर्मशालाको सभा हलमा सोमवार एक कार्यक्रम विच राजिव साहको नेतृत्वमा ३५ सदस्यीय विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।उपाध्यक्षमा राकेश यादव/ खिलेन्द्र साह, सचिवमा मुकेश यादव, सह सचिवमा रमेश यादव, कोषध्यक्षमा श्रवण साहलाई चयन गरेको छ ।

यसैगरी सदस्यमा रुपेस, मुकेश, धनजित, दयाराम, मिथलेश, विनोद, लक्ष्मी, कृष्णा, भोगेन्द्र, गजेन्द्र, धनराज, बालकृष्ण, रमेश, नरेश, बुद्धसागर, भोला, रुपेश, ललित, शिवनारायण, रंजित, राजकुमार, मुकेश, आनन्द, शैलेन्द्र रहेको छ ।

संजय मधेशीको अध्यक्षता तथा विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादवका प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले भने कुनै पनि समाजलाई परिवर्तन गर्ने हतियार शिक्षा नै हो, उनले थपे– “हरेक ठाउँमा सबैभन्दा ठुलो कर्णधार विद्यार्थी हुन्छन् ।” कुरीती, भेदभाव, हिंसा अन्त्य गर्न तथा आवाज विहिनको आवाज दिनका लागी नै हामी विद्यार्थी जनमत संघको स्थापना गरिएको विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादवले बताए ।

उनले २ नम्बर प्रदेश शिक्षा क्षेत्रमा कमजोर रहेको प्रति दुखेसो पोखे।शिक्षा क्षेत्र मात्र नै समाजका हरेक समस्या माथि विद्यार्थी जनमत संघले पहल गरिने केन्द्रिय अध्यक्ष यादवले दावी गरेका हुन।

अतिथिको रुपमा युवा जनमत संघ सप्तरीका अध्यक्ष मनोज यादव, गैर आवासीय मधेशी संघका सदस्य पञ्चलाल मधेशीलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थिए । कार्यक्रम सञ्चालन रोशन यादवले गरे भने स्वागत मन्तव्य सुशिल कुमार मण्डलले व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]