०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

हात्ती महोत्सव सुरू

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
चितवन ,१० पुस। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आजबाट १६ औँ हात्ती महोत्सव सुरु भएको छ।

आगामी १८ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

हरेक वर्ष लाग्ने चितवन हात्ती महोत्सवमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती फास्ट वाकलगायतका प्रतियोगिताहरु हुने खेल संयोजक अन्जन पाण्डेले बताउनुभयो ।

आज महोत्सवको पहिलो दिन हात्तीका छावाहरुबीच फुटवल खेलाइएको थियो । यस्तै हात्ती फास्टवाक पनि गरिएको थियो । कार्यक्रममा यसअघि विभिन्न जनजातिको झाँकीसहितको सांस्कृतिक र्याली निकालिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]