०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

महिला हिंसाबाट जोगाउन बालिकालाई आत्मरक्षा तालिम

Logo
प्रकाशित शुक्रबार, पुष ११, २०७६

विशाल पाण्डेय
कैलाली ,११ पुस। महिला हिंसाका घटना बढ्न थालेपछि स्टिम परियोजनाले विद्यालयका बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका -५ चोङ्गालीपुरमा रहेको दरख माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

तालिममा विद्यालयमा अध्ययनरत कक्षा १० का ४५ जना छात्राहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको हो ।

महिला हिंसाका घटना, कुटपिट र जबरजस्ती करणीका घटना बढी भएको हुनाले घटनालाई निरुत्साहित गरि महिलाको आत्मबल बढाउन तालीमको आयोजना गरिएको मर्सिकोरको सिनियर अफिसर पवित्रा चौधरीले बताइन् । उनले ‘महिला हिंसा न्युनीकरण गर्न खेलकुद उत्तम विकल्प हुने भएकोले खेलकुदकै माध्यमबाट घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाएको बताइन् ।

आत्मरक्षा तालिमबाट आफुमा निकै परिवर्तन भएको र हिंसाको बिरुद्धमा बोल्न सक्ने क्षमतामा बृद्धि भएको तालिममा सहभागी घोडाघोडी नगरपालिका- ७ हरिनगरकि निशा जैशीले बताइन् ।

तालिममा सहभागी अर्कि छात्रा रचना चौधरीले अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने, किशोरी मैत्री समाज कसरी बनाउने लगायतका कुराहरु सिकेको बताइन् । उनले यहाँ सिकेको स्टेपहरु घर वरपरका साथीहरुलाई पनि सिकाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा सहभागी छात्राहरु र सरोकारवालाहरु बिच सवाल र जवाफ समेत गरिएको थियो ।

समापन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम रोकायाले आफुहरुले सिकेको सीपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । पछिल्लो समय धेरै हिंसात्मक गतिबिधिहरु भईरहेकोले आत्मरक्षा तालिमले बालिकाहरुको आत्मबल बढे संगै धेरै सहजताको अनुभुती गर्ने धारणा राखे । मानवमा हुने भेदभावका कारण नै बढी हिंसा हुने गरेको बताएउदै अध्यक्ष रोकायाले हिंसा न्यूनीकरणका लागि परम्परागत सोचको अन्त्य गर्दै अभिभावकहरुपनी सतर्क रहनु पर्ने बताए । स्टिम परियोजनाका सहजकर्ता निर्मला चौधरी तथा अरुण विकले छात्राहरुलाई तिन दिनसम्म प्रशिक्षण दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]