०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

दलित माथी बलात्कारको प्रयास, प्रतिकार गर्दा ३ महिला गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

मनोज बनैता

लाहान, १५ पुस । लाहान नगरपालिका वडा. १६ मा पर्ने तरेगना गाउँमा एकजना कथित दलित समाजकी नाबालिक केटी उपर जबर्जस्ती बलात्कारको प्रयास भएको खबर प्राप्त भएको छ ।

बलात्कारको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पीडित लगायत जम्मा ३ जना महिला घायल भएका छन । पीडित सुनिता साफी (नाम परिवर्तन) को बुवा सन्जिव साफी ले दिएको जानकारी अनुसार त्यही गाउँमा बस्ने शिव यादवको छोरा जितेन्द्र यादवले मंगलवार बेलुका करिब ७ बजे सुनिता साफी माथि बलात्कारको प्रयास गरेको हो ।

पीडित को हारगुहार सुनेर प्रतिकारमा उत्रेकी उनका तीन जना आफन्त महिला माथी समेत यादवले घरेलु हतियारको प्रयोग गरि आक्रमण गरेको पीडितका बुवा सन्जिव साफीले आरोप लगाएका छन । साफीले नगरप्रहरी कार्यालयमा जानकारी गराए पछि पिडक यादव र उनका बुवा गाउँ छोडी भागेका बताउँछन् ।

पीडित नाबालिक केटी लगायत प्रतिकार गर्दा घाइते भएका महिलाहरूको उपचार लाहन स्थित कामना नर्सिङ होममा भईरहेको छ । नर्सिङ होम प्रशासनको अनुसार पीडित लगायत प्रतिकारमा उत्रेकी तिनैजना महिलाहरूको अवस्था गम्भीर रहेको छ ।

पिडितको पारिवारिक श्रोत अनुसार यादव माथी ३ महिना पहिला पनि यस्तै क्रियाकलापको कारणले तरेगनाको समाजले दन्डित गरेको थियो । यता, ईप्रका लाहानले आफू नीर जाहेरी नपरेको बताएका छन भने पीडितका परिवारले बुधबार ईप्रकामा किटानी जाहेरी गर्ने जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]