०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समाचारदाता
मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् ।

बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता संजिव मोक्तानले संयुक्त रुपमा ८० जना छात्रछात्रालाई ट्रयाकसुट बितरण गरे ।बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्दै तामाबले जाडोबाट जोगाउन कपडा बितरण गरेको बताए ।

उनले न्यानो कपडा हस्तान्तरण गर्दै बिद्यार्थीलाई पढाइलेखाईमा ध्यान दिन आग्रह गरे । समाजसेवी मोक्तानले जाडोमा बिद्यार्थीलाई बिधालय जान कठिनाइ भएकोले न्यानो कपडाको ब्यबस्था मिलाईएको बताए । गरिव, बिपन्न बिद्यार्थीलाई न्यानो कपडाले ठूलो राहात पुग्ने हुदा सरकारले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

न्यानो कपडाकै कारण अतिबिपन्न परिवारका बिद्यार्थी बिधालय जानबाट बन्चित हुने गरेकोले सरकारी सहयोग आबश्यक रहेको मोक्तानको भनाई थियो । समाजसेवी मोक्तानको अग्रसरतामा द वर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनले न्यानो कपडा उपलब्ध गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]