०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बिर्ताको बाल सुधार गृहमा प्रहरीद्वारा कम्बल बितरण

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समाचारदाता
बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा श्रीराम पिक्चर प्यालेसका संचालक रामदेव प्रसाद कलवारकी श्रीमती गौदमिया देबिको सहयोगमा कम्बल वितरण गरिएकाे हाे ।

तराईमा बढदै गएकाे चिसोको कारण बाल सुधार गृहमा रहेका बालबालीकाहरुकाे कस्टकर जिवन बिताईरहेको भन्ने खबरले गर्दा केहि राहत हुने हुदा कम्बल बितरण गरिएको अध्यक्ष ठकुराईले वताए ।

कम्बल बितरण कार्यक्रममा कलवार परिवारका सदस्यहरु लक्ष्मण प्रसाद कलवार, सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, पत्रकार महेश चन्द्र गौतम, अजित कुमार भुजेल, राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु, बाल सुधार गृहका प्रमुख प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव, छपकैयाप्रहरी बिटका प्रहरी सहायक निरीक्षक कुलदिप कुमार कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]