०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

धनुषा बम काण्डको मुख्य योजनाकारलाई पक्राउ गर्ने प्रहरीलाई किन गर्यो रातारात सरुवा

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, १९ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान लिनेगरी भएको बम विस्फोटको छानविन प्रहरी अधिकारीबाटै प्रभावित पार्ने प्रयास भइरहेको छ ।

उक्त घटनाका योजनाकार भनिएका आदम राइनलाई प्रहरी नायब निरीक्षक सन्तोष झाले पक्राउ गर्न सफल भए । तर उनलाई पक्राउ गरेको २४ घण्टा नबित्दै रातारात काजसरुवा वीरगन्ज गरिएको छ । साथै घटनाको छानविनका लागि प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा सात सदस्य समिति बनेको छ । तर प्रहरी निरीक्षक साहको पनि सरुवा भइसकेको छ ।

प्रहरी निरीक्षक साहको नियमित सरुवा भएको बताएपनि प्रहरी नायब निरीक्षक झाले घटनाको मुख्य योजनाकारलाई पक्राउ गरेकै राति अचानक वीरगन्जस्थित विपद व्यवस्थापन कार्यालयमा काजसरुवा गरियो । यसले अनुसन्धान प्रभावित पार्ने चलखेल भइरहेको देखिन्छ । घटनामा संलग्नहरुलाई समात्ने प्रहरीलाई नै सरुवा गर्दा चलखेल भइरहेको देखिएको एक प्रहरी अधिकारीले बताए ।

स्रोतका अनुसार प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्य्मन कार्कीको आदेशमा प्रहरी नायब निरीक्षक झाको सरुवा भएको छ । झा केहिदिन अगाडी जनकपुरमा डकैती गर्न आएका तीन युवकलाई हतियारसहित रंगेहात समातेपछि सम्मानित समेत भएका थिए । तर अचानक उनकै सरुवा गरेपछि बम विस्फोट घटनाको अनुसन्धान प्रभावित हुने देखिएको प्रहरी स्रोतले जनाएको छ ।

मंसिर २७ गते बम विस्फोट भएको थियो । हालसम्म उक्त घटनामा संलग्न भन्दै चार पाँच जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनामा १३ जनाको संलग्नता रहेको बताइरहेका छन् । तर पक्राउ परेकाहरु घटनामा संलग्न छन् भनेर आधिकारिक धारणा प्रहरीले सार्वजनिक गरेका छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]